कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार २०८० बाट देविप्रसाद पौडेल पुरस्कृत
इलाम । चुलाचुलीका पत्रकार देविप्रसाद पौडेल (देवेन्द्र) कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल इलामले स्थापना गरेको नगद पाँच हजार राशीको पहिलो पटकको पुरस्कार शनिबार पौडेलले पाएका हुन् । इलाम नगरपालिकाकी उपप्रमुख बिष्णुकुमारी लिम्बू दाहाल र नगर प्रवक्ता नुतनदेव दुलालले सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेका हुन् । पौडेल...