April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

छथर गाउँपालिका-५ का बिद्यार्थीहरूलाई १ लाख बराबरको ‘स्कुल ड्रेस’ वितरण

3K

शुक्रबारे । तेह्रथुमको छथर गाउँपालिकामा विद्यालयमा अध्ययनरत विपन्न परिवारका बिद्यार्थीहरूलाई सहयोग वितरण गरेको छ । वडा नम्बर ५ को आर्थिक सहयोगमा ओख्रेस्थित भगवती माध्यमिक विद्यालय लगायत सबै बिद्यालयमा अध्ययनरत विपन्न परिवारला बालबालिकाहरूलाई ‘स्कुल ड्रेस’ वितरण गरिएको हो ।

वडाध्यक्ष थानाहाङ तिगेलाका अनुसार वडाको तर्फबाट वडाभरका ६ वटा बिद्यालयका २३० जना बिद्यार्थीलाई पोशाक वितरण गरिएको हो । ‘गाउँपालिकाबाट प्राप्त भएको बजेटबाट जम्मा १ लाख रुपैयाँ बराबरको स्कुल ड्रेस वितरण गरेका हौं ।’, वडाध्यक्ष तिगेलाले भने । भविष्यमा पनि बिद्यालयहरूलाई यस्ता किसिमका सहयोग गर्दै जाने उनले बताए ।

सोही अवसरमा पालिकाका अध्यक्ष सन्तोष तिगेलाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगितामा पालिकाकाे तर्फबाट खेल्ने खेलाडी छात्रछात्राहरूलाई प्रोत्साहन स्वरूप पुरस्कार प्रदान गरेका छन् । उनले प्रथम हुनेलाई ३ हजार, दाेश्राे हुनेलाई २ हजार र तेस्रो हुनेलाई १ हजारको दरले प्रोत्साहन पुरस्कार प्रदान गरेका हुन् ।

Advertisement

अध्यक्ष तिगेलाकै समन्वयमा विद्यालयलाई फुलवारी बगैचा निर्माणका लागि केही विरूवासमेत हस्तान्तरण गरिएको छ ।

सहयोग प्रदान गरेकोमा बिद्यालयका प्रधानाध्यापक श्रीमान बस्नेतले गाउँपालिकाप्रति आभार प्रकट गरेका छन् ।