April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा तोया भट्ट पुरस्कृत

595

काठमाडौं । हेम–सरिता पाठक फाउन्डेसनले आयोजना गरेको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा कवि तोया भट्ट पुरस्कृत भएका छन् ।

समाजसेवी हेम पाठक र सरिता पाठक (टेक्सस, अमेरिका)द्धारा स्थापित उक्त पुरस्कारमा एक लाख राशी र सम्मानपत्र रहेको छ ।

फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीका अनुसार यसअगि प्रतियोगिताका लागि प्राप्त कविताहरुमध्ये पहिलो चरणमा उत्कृष्ट पच्चीस कविताहरु सार्वजनिक गरिएको थियो ।

Advertisement

सो प्रतियोगिताको लागि साहित्यकारहरु प्रमोद प्रधान, प्रा. डा. गोविन्दमान सिंह कार्की र पारश नेपाल रहेको तीन सदस्यीय निर्णायक समिति रहेको थियो ।

आगामी बैशाख १३ गते काठमाडौंमा कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने भएको छ । सोही दिन १ लाख राशिको भ्रष्टाचार विरुद्धको गीत प्रतियोगितामा पुरस्कृत ‘जनतालाई रुवायो’ गीतका सर्जक गोपालप्रसाद थपलिया र सो गीतका गायक एवं सङ्गीतकार शिशिर योगी तथा २ लाख राशिको ‘टंकप्रसाद – रमादेवी पाठक अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार’का पुरस्कृत पत्रकारहरु मातृका दाहाल र दीपा दाहाललाई पनि पुरस्कार अर्पण गरिने भएको छ ।