पूर्व प्रधानमन्त्री ओलीद्वारा शार्दूल र समृद्ध नेपाल, सुखी नेपालीको विमोचन
काठमाडौँ । नेकपा एमाले अध्यक्ष, पूर्व प्रधानमन्त्री एवम् मदन भण्डारी कला साहित्य प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले प्रतिष्ठानद्वारा प्रकाशित वैचारिक सिर्जनाको संवाहक अर्धवार्षिक पत्रिका ‘शार्दूल’को अङ्क–४ र राष्ट्रिय गीति एल्बम ‘सुखी नेपाली, समृद्ध नेपाल’को विमोचन गरेका छन् । ललितपुर, च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित समारोहमा ओलीले उक्त पत्रिका र एल्बमको विमोचन गरेका हुन् ।...