कुनै पाठक त यस्तो पनि भेटेको छु, कविता पढेर भावुक हुँदै फोन गर्नुभएको छ :सुमन घिमिरे
२० नोभेम्वर १९८२ मा चितवनको रत्ननगरमा जन्मिएका सुमन घिमिरे साहित्यकारसँगै एक सफल पर्यटन व्यावसायी पनि हुन् । उनको ‘मेरो बैँसको क्यालेन्डर’ कवितासंग्रह (२०६८) ‘मौनता’ उपन्यास (२०७३) ‘सुनको टप’ र ‘साइक्लोन अफ फायर’ कवितासंग्रह (२०७८) प्रकाशित छन् । जसमध्ये ‘सुनको टप’ र ‘साइक्लोन अफ फायर’ केहि समयअघि मात्रै प्रकाशनमा आएको हो । यी दुई पुस्तक घिमिरेका...