रक्ष राईले ल्याए ‘युद्ध सौन्दर्य चिन्तन’
काठमाडौँ । प्रसिद्ध कवि, कथाकार तथा डायास्पोरिक साहित्य सिद्धान्तका प्रवर्तक रक्ष राईले ‘युद्ध सौन्दर्य चिन्तन’ नामक दर्शन/चिन्तनमा आधारित बृहत् अनुसन्धानमूलक कृति बजारमा ल्याएका छन् । आफ्नो नवीनतम् उक्त कृतिलाई लेखक राईले ‘मानव सभ्यताको दर्पण’का रूपमा व्याख्या गरेका छन् । पुस्तकमा सैन्य तथा युद्ध परिभाषा, सैन्य विज्ञान, सैन्य समाज विज्ञान, युद्ध विज्ञान, युद्ध कला र युद्ध...