भुवन ढुङ्गानालाई ‘पवित्रा–श्रीकृष्ण स्मृति सम्मान’
काठमाडौँ । साहित्यकार भुवन ढुङ्गानालाई ‘पवित्रा–श्रीकृष्ण स्मृति सम्मान’ अर्पण गरिएको छ । पुरस्कार संस्थापक राधा कार्कीद्वारा आफ्ना माता–पिताको नाममा स्थापना गरिएको सो सम्मान तथा पुरस्कार नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले अर्पण गरेका हुन् । कुलपतिले ढुङ्गानालाई माला, खादा र सम्मानपत्रसहित २५ हजार नगद पुरस्कार अर्पण गरे । मान्छेको खुसी सानासाना कुरामा पनि रहेको हुन्छ भन्दै...