June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई बन्दै, बिहीवार बिहान सपथ लिने

2.4K

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानमा कुलपति भूपाल राई नियुक्त हुने भएका छन् । त्यसैगरी उपकुलपति विमल निभा, सदस्य सचिव डा. धनप्रसाद सुवेदी रहेको श्रोतले जनाएको छ ।

परिषद् सदस्यहरुमा डा. मधसुदन गिरी, सीता शर्मा, बाबा बस्नेत, अमर न्यौपाने र राजन मुकारुङ रहने जनाइएको छ ।

परिषद्हरुको पूर्ण विवण भने आउन बाँकी रहेको छ । सपथ बिहीवार बिहान ७ बजे हुने भएको छ ।

Advertisement

निकट स्रोतका अनुसार कवि ईश्वरचन्द्र ज्ञवालीले उपकुलपति पद अस्वीकार गरेका छन् । ज्ञवाली कुलपतिका दाबेदार थिए । यसले नेकपा माओवादीभित्र व्यापक असन्तुष्टि जाहेर भएको छ ।

सत्ता साझेदार रहेतापनि प्रज्ञा–प्रतिष्ठानको प्रज्ञा परिषद तथा प्रज्ञा सभामा एमालेपक्षधरका कोही पनि सदस्य नपरेको पनि स्रोतले जनाएको छ । काँग्रेका भने केहि सदस्यहरु परेका छन् । यसले पुरानो गठनबन्धनलाई ब्युँताउने छनक देखिएको छ ।