April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

भरोसा

जुनु दिव्या राना
२०७९ माघ २६

5.9K

शङ्काको भाका बोल्दै
तिमी भन्छौ–हाम्रो प्रेम, तेल सकिएको दियो जस्तै
मलिन–मलिन हुँदै जाँदैछ
र, सोध्छौ– कतै निभ्न लाग्यो कि प्रेमिल दियो ?

तिम्रा ति प्रश्नका जवाफसहित
मेरो आग्रह यो छ,
भरोसा गर आफूले टेकेको
प्रेमको जगप्रति
जहाँ, विश्वासको पृथ्वीमा टेकेर हामीले
‘प्रेमास्तम्भ’ खडा गेका थियौं

म कसरी त्याग्न सक्छु आफ्नै प्राण ?
जब कि
मुटुले प्रवाह गर्ने रगतमा समाहित छौ तिमी
तिमीलाई भुल्नु त
आकाश खस्नु समान हो

Advertisement

नसुन्नु !
र वास्ता नगर्नु हल्लाहरू
दुनियाँलाई त
हाम्रो प्रेम तमासा लाग्ला
भिराईदेलान् लान्छनाहरुका पगरी पनि !

तर हामी त
इमानले प्रेमको कर्तव्य निभाउने प्रेमिहरुको निम्ति समर्पित
प्रेमको संयुक्त उदाहरण हुनेछौं
र हुनेछौं हर युगको गोधुलीको कथामा
हर प्रीतको गीतमा

यो नश्वर देह
एकदिन माटो मै बिलाएर जाला
तर, तिमी त
आत्मासमान बनेका छौ
फेरिदैन मृत्यु पर्यन्त

माया !
यदि शेष मृत्यु उप्रान्त पनि
अस्तित्व रहेछ भने
साथ हुनेछौं, त्यहाँ पनि !

बागलुङ, हाल हङ्कङ

junurana06@gmail.com