April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

‘स्कुलमा कविता’को बराहक्षेत्र अडिसन सम्पन्न

1.8K

दिपेन भण्डारी र हरी आचार्यले काटे टप टेनको टिकट

धरान । ‘स्कुलमा कविता’ अन्तर्गत बराहक्षेत्र अडिसनबाट दिपेन भण्डारी र हरी आचार्यले टप टेनको टिकट काटेका छन् भने रविन कटुवाल सान्त्वना बन्न सफल भएका छन् ।

साविक बराहक्षेत्रको वि.पि. आधारभूत विद्यालयमा सम्पन्न सो प्रतियोगितामा ५ वटा विद्यालयले सहभागी जनाएका थिए । जसमा औलिया माविका दिपेन भण्डारी, राधाकृष्ण सस्कृत विद्यापिठका हरी आचार्य र आदर्श माविका रविन कटुवाल क्रमशः प्रथम, द्वितीय र सान्त्वना बन्न सफल भएका थिए ।
हतुवागढी –८ का पुर्व जनप्रतिनिधि सुदन राईको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विशेष कविको रुपमा हतुवागढीको साहित्यिक शिर कवि विश्वजीत राई र बराहक्षेत्रका स्थानीय कवि वर्षा भण्डारीले विशेष कविता वाचन गरेका थिए । सो अवसरमा पात्लेपानी कला साहित्य प्रतिष्ठान, हतुवागढी–८ भोजपुरले ‘स्वर्णिम साहित्य पुरस्कार एवम सम्मान’ अक्षयकोषको लागि १० हजार प्रदानसमेत गरिएको थियो । यस्तै कार्यक्रमका प्रमुख अतिथि सुदन राईले पनि सो अक्षयकोषमा १० हजार प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा आफ्नो धारणा राख्दै कार्यक्रमका प्रमुख अतिथि सुदन राईले हामीले आ–आफ्नो ठाउँबाट आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने समाज र राष्ट्रले चाँडै काचुली फेर्न सक्ने बताए । उनले थपे ‘तर हामी जिम्मेवारी भन्दा पर रहेर झारा टार्ने काम गरेकै कारण समाज र देश अधोगती तर्फ लागेको छ । साँच्चै गौरवान्वित छु स्वर्णिम साहित्य समाजको यो काम देखेर । आगामी दिनमा पनि यस्तै नयाँ सोचको काम गर्दै जानूहोला होस्टेमा हैँसे गर्न सदा तत्पर छु ।’

Advertisement

समाजका अध्यक्ष प्रकाश दिप्साली राईको सभाध्यक्षमा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष शरण लिम्बुले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमका सन्चालन सचिव लक्ष्मण कटुवालले गरेका थिए । अर्को अडिसन आगामी फागुन ६ गते साविकको महेन्द्रनगर गाविसको चक्रघट्टीमा हुनेछ ।

कार्यक्रमका विजेताले १० हजारका साथमा प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । यस्तै दोस्रो, तेस्रो र सान्त्वनाले क्रमशः पाँच हजार, ३ हजार र २ हजार प्राप्त गर्नेछन् ।