June 23, 2025, Monday
२०८२ असार ९
1:37:26 pm

नवनियुक्त तीन कुलपतिहरूले गरे पद तथा गोपनियताको सपथ ग्रहण

1.7K

काठमाडौं । नवनियुक्त तीन जना कुलपतिहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । तीन प्रतिष्ठानका कुलपतिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्धारा बालुवाटारस्थित निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिमा भूपाल राई, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिमा निशा शर्मा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिमा नारदमणी हार्तम्छालीले नियुक्त भएका छन् ।

नवनियुक्त कुलपतिहरुलाई प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिएका छन् ।

Advertisement

नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति भने विमल निभा र सदस्य सचिव डा. धनप्रसाद सुवेदी नियुक्त भएका छन् । यस्तै परिषद सदस्यहरुमा डा. मधसुदन गिरी, डा.कृष्णराज अधिकारी, बाबा बस्नेत, डा. कौशिला रिसाल, अमर न्यौपाने, राजन मुकारुङ, हंसावर्ती कुर्मी, त्रैलोक्यमान बनेपाली रहेका छन् ।

यस्तै, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपतिमा शम्भु राई सदस्य सचिवमा कुस्मा महरा नियुक्त भएका छन् । परिषद सदस्यहरुमा कर्णबहादुर गौतम, बखतबहादुर हमाल, डक्टर राई, हिसनबहादुर मगर, टीका पुन र चेतन सापकोटा रहेका छन् ।