काठमाडौं । प्रथम शहिद क्या. लखन थापा मगरको १४६ आंै स्मृति दिवसको अवसर कविता प्रतियोगिता कार्यक्रम आयोजना हुने भएको छ । फागुन २ गते हुन गइरहेको उक्त कार्यक्रमको मूल नारा ‘प्रथम शहिद क्या. लखन थापा मगर अमर रहुन्’ रहेको छ ।
नेपाल आदिवासी जनजाति महासंघ इजरायलद्धारा आयोजित सो कार्यक्रम भर्चुअल माध्यम (जुम) बाट हुने छ । आयोजकका अनुसार कविता ‘प्रथम शहिद’ शिर्षकमा लेख्नुपर्ने छ ।
कविता प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार नगद र प्रमाण–पत्र, द्धतीय पुरस्कार २५ हजार नगद र प्रमाण–पत्र, तृतीय पुरस्कार १५ हजार नगद, प्रमाण–पत्र र दुईजनालाई सान्तवना पुरस्कार स्वरुप ५ हजार नगद र प्रमाण–पत्र रहेको छ । यस्तै, सहभागी सबै प्रतियोगीले प्रशंसा–पत्रबाट सम्मान प्राप्त गर्नेछन् ।
निर्णायक मण्डलले दिइएको नम्बरको आधारमा विजेता छनौट गरिने र विजेता घोषणा कार्यक्रमकै दिन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपाली साहित्य विधाभित्र पर्ने कवितालाई छनोट गरिने छ । कविता १५० शब्द भित्र हुनु पर्ने छ भने छन्द र गद्य दुवै स्वतन्त्र विधालाई मान्यता दिइने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगितामा संसार भरिका नेपाली कविहरुले भाग लिन सक्ने तर कविता भने कविता अप्रकाशित हुनुपर्ने छ ।
कविता पठाउने समय १८ जनवरी बिहान ७ बजेदेखि फ्रेब्रअरी ७ तारिख इजरायलको समय बेलुकी १२ः०० बजेसम्म दिइएको थियो ।
कार्यक्रम हुने समय नेपाली समय अनुसार साँझ ५ः४५ बजे र इजरायली समय अनुसार अहरान्ह २ बजे रहेको छ ।