November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

साहित्य र संस्कृतिले परिवर्तनको अग्र पंक्तिको प्रतिनिधित्व गर्छ: माधव नेपाल 

1.4K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साहित्य र संस्कृतिले परिवर्तनको अग्र पंक्तिको प्रतिनिधित्व गर्ने बताए । शनिवार काठमाडौंमा नेकपा एकीकृत समाजवादी अन्तर्गतको राष्ट्रिय जनसांस्कृतिक महासंघ (समाजवादी) को चौथो पूर्ण बैठकलाई प्रशिक्षणात्मक सम्बोधन गर्ने सन्दर्भमा नेपालले सो कुरा बताएका हुन् । 

उनले जन संगीत र जनसाहित्य आम मानिसमा उत्प्रेरणा प्रदान गर्ने उत्साह प्रदान गर्ने हुनु पर्ने भन्दै सकारात्मक संस्कार संस्कृतिको विकास गर्नु आशावादी र आत्मविश्वास जगाउने काम गर्नु जन साहित्य र सङ्गीतले गर्नु पर्ने बताए । जन साहित्यले समाजका आम विकृति विसंगतिको समेत उजागर गर्ने भन्दै जनता र देशका आम पिर मार्कासँग जोडिएर अगाडि वढ्नु पर्ने धारणा राखे। 

उनले शासनको अन्तिम फैसला गर्ने ठाउँ नै जनता भएको भन्दै समुदायका सवालहरू उठान गर्नुपर्ने र जनसरोकारका काममा लाग्न  कार्यकर्ताहरूलाई निर्देशन समेत गरे ।

Advertisement