नाइजेरियामा हालसम्मकै ठूलो परिमाणमा वन्यजन्तुका अङ्ग बरामद
काठमाडौं- अफ्रिकी देश नाइजेरियामा सेनाले अहिलेसम्मकै ठूलो परिमाणमा वन्यजन्तुका अङ्ग बरामद गरेको छ । तस्करीको एक अखडामा सरकारी सेनाले छापा मारेको र यो कारबाही अहिलेसम्मकै ठूलो भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । १७ हजार एक सय ३७ किलो सालकको खपटा, ४४ किलो हात्तीको दाह्रा र ६० किलो नङ्ग्रा बरामद गरेको र यसको मूल्य...