दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमाले गरे प्रहरी समक्ष आत्मसमर्पण
काठमाडौं – दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमाले अदालतको मानहानीका लागि जेल सजाय भोग्न प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । स्थानीय समय अनुसार बुधवार अबेर उनी आफ्नो निवास नजिकै रहेको जेल पुगेको उनको फाउन्डेसनले जनाएको छ । दिनको अन्त्यसम्ममा आत्मसमर्पण नगरे ७९ वर्षका पूर्व राष्ट्रपतिलाई पक्राउ गर्न आफूहरू तयारी अवस्थामा रहेको प्रहरीले चेतावनी दिएको थियो ।...