November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

विश्व अर्थतन्त्र ६ प्रतिशतले बढ्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान

2K

काठमाडौं– यस वर्ष विश्व अर्थतन्त्र ६ प्रतिशतले बढ्ने अन्तर्राष्ट्रिय मुद्रा कोषले अनुमान गरेको छ।

कोरोनाभाइरसको महामारीका कारण उत्पन्न आर्थिक मन्दीबाट विश्वका धनी देशहरु माथि उठ्न थालेसँगै विश्वको आर्थिक परिदृश्य सुध्रिएको कोषले जनाएको छ।

कोषले कोरोनाभाइरसको संक्रमण विरोधी खोप लगाउन संघर्षरत गरिब देशहरुको वृद्धि प्रक्षेपण भने कोषले कटौती गरेको छ। समग्रमा विश्व अर्थतन्त्र यस वर्ष ६ प्रतिशतले बढ्ने बताइएको छ। 

Advertisement

यसअघि गत अप्रिलमा पनि कोषले यही अनुमान गरेको थियो। गतवर्ष भने महामारीका कारण विश्व अर्थतन्त्र ३ दशमलव २ प्रतिशतले खुम्चिएको थियो। 

यद्यपि खोप कार्यक्रममा देखिएको असमानताका कारण आर्थिक वृद्धिदरमा विषमता देखिएको छ । विकसित अर्थतन्त्र यस र्वा ५ दशमलव ६ प्रतिशतले बढ्ने अनुमान छ।