काठमाडौं– अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ।
उनीहरुको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकाले उनीहरुलाई सो समयसम्म अमेरिका छोडिसक्न भनिएको समाचारहरुमा उल्लेख छ।
अमेरिकामा रहेको रुसी दूतावासले सो कुराको जानकारी दिएको जनाइउको छ। आगामी सेप्टम्बर ३ तारिख अगावै अमेरिका छोड्नु भनेर २४ जनाको सूची पठाएको अमेरिकाका लागि रुसी राजदूत एन्टोली एन्टोनोभले भनाइ छ।
रुसी कूटनीतिज्ञले निर्धारित समयमै अमेरिका छोड्ने राजदूत एन्टोलीले बताएका छन्।
हाल अमेरिकाले प्रवेशाज्ञामा निकै नै कडाइ गरेको बताउँदै २४ जनाको स्थानमा तत्कालै अन्य कूटनीतिज्ञ अमेरिका नआउने बताए।