April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

भारतमा थप ४० हजार संक्रमित, ४२४ संक्रमितको मृत्यु

1.7K

काठमाडौँ– भारतमा थप ४० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४० हजार ७८४ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १६ लाख ९५ हजार ३६८ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख २० हजार ८७९ जना संक्रीय संक्रमित छन् ।

Advertisement

यस्तै त्यहाँ एकैदिन ४२४ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २४ हजार ८०८ पुगेको छ ।