April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

भारतमा थप ४२ हजार संक्रमित, ५६१ संक्रमितको मृत्यु

1.9K

काठमाडौँ– भारतमा थप ४२ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४२ हजार ५६६ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १७ लाख ६७ हजार ९६५ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १६ हजार ८२८ जना संक्रीय संक्रमित छन् ।

Advertisement

यस्तै त्यहाँ एकैदिन ५६१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २५ हजार ७८९ पुगेको छ ।