भारतमा थप २९ हजार संक्रमित, ३७२ संक्रमितको मृत्यु
काठमाडौँ– भारतमा थप २९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २९ हजार ४२४ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ११ लाख ७३ हजार १९ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख...