April 17, 2025, Thursday
२०८२ बैशाख ५
1:37:26 pm

इजरायली सेनाले पक्राउ गरेका ११४ जना प्यालेस्टिनी रिहा

1.7K

लन्डन । प्रत्याक्रमणको क्रममा इजरायली सेनाले पक्राउ गरेका ११४ जना प्यालेस्टिनीलाई दक्षिणी गाजा पट्टीको केरेम शालोम सीमाबाट रिहा भएका छन् ।

रिहा गरिएका केही प्यालेस्टिनीको स्वास्थ्य अवस्था बिग्रँदै गएको कारण राफाह सहरको नज्जर अस्पतालमा लगिएको अन्तरास्ट्रिय समाचारहरूमा उल्लेख छ ।

‘युरो–मेड ह्युमन राइट्स मोनिटर’का अनुसार गाजा पट्टीमा आफ्नो स्थल अभियानको क्रममा इजरायली सेनाले सयौं प्यालेस्टिनीहरूलाई पक्राउ गरी अज्ञात स्थानहरूमा राख्दै आएको थियो ।

Advertisement

अस्पतालमा सिन्ह्वाका प्रतिनिधिले भेटेका केही कैदीहरूलाई नजरबन्दको क्रममा कुटपिट, अपमान र यातना दिइएको बताएका छन् तर उनीहको दावीलाई स्वतन्त्ररूपमा पुष्टि भने गर्न सकिएको छैन ।