May 5, 2024, Sunday
२०८१ बैशाख २४
1:37:26 pm

फिलिपिन्स पुगे अमेरिकाका विदेशमन्त्री एन्टोनी

1K

संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्कन फिलिपिन्स पुगेका छन् । फिलिपिन्स अमेरिकाको एउटा महत्त्वपूर्ण सहयोगी राष्ट्र हो ।

बीबीका अनुसार चीनसँग क्षेत्रीय तनाव बढेको बेला फिलिपिन्स पुगेका ब्लिङ्कनले फिलिपिन्सलाई थप सहयोगको आश्वासन दिएका छन् । उनले फिलिपिन्सलाई बलियो सुरक्षा प्रदान गर्ने अमेरिकी वचन दोहो¥याएका छन् ।

साउथ चाइना सागरमा चीन र फिलिपिन्सले गरेका दाबीका कारण केही महिनादेखि दुई देशबीच तनाव चुलिएको बीबीसीमा उल्लेख छ । “यी जलमार्गहरू फिलिपिन्सका लागि, यसको सुरक्षाका लागि र यसको अर्थतन्त्रका लागि महत्त्वपूर्ण छन्,” ब्लिङ्कनले भने ।

Advertisement

फिलिपिन्सका विदेशमन्त्री एन्रिके मनालोसँग आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै भने, “ती जलमार्गे यो क्षेत्रको हितका लागि, अमेरिकाका लागि र बाँकी विश्वका लागि पनि महत्त्वपूर्ण छन् । त्यसैले हामी फिलिपिन्ससँग उभिएका छौँ र पारस्परिक रक्षा सन्धिअन्तर्गत समेत रक्षासम्बन्धी आफ्नो वचनमा प्रतिबद्ध छौँ ।”

ब्लिङ्कनले फिलिपिन्सका अधिकारीहरूसँग व्यापार र वाणिज्यबारे पनि छलफल गर्ने बीबीसीले जनाएको छ ।

ब्लिङ्कनको भ्रमणलाई फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जूनिअरलाई अमेरिकी समर्थन बढेको रूपमा हेर्न सकिने ठानिएको छ ।

यसअघि फिलिपिन्सका तात्कालिक राष्ट्रपति रोड्रिगो डुटेर्टेले चीनसँग राम्रो सम्बन्ध राख्ने नीति अवलम्बन गरेका थिए। तर वर्तमान राष्ट्रपति वाशिङ्टनतिर ढल्किएका छन् ।

मङ्गलवार ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति जो बाइडनले फिलिपिनो राष्ट्रपति र जापानका प्रधानमन्त्रीसँग आगामी महिना एउटा शिखरवार्ता गर्ने घोषणा गरेको छ ।