February 7, 2025, Friday
२०८१ माघ २५
1:37:26 pm

पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जर्दारी निर्वाचित

२०८० फाल्गुन २७

2.2K

काठमाडौं । पाकिस्तानको राष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जर्दारी विजयी भएका छन् । प्रतिद्वन्द्वी विपक्षी दलका संयुक्त उम्मेदवार महमूद खान अचकजाईले पराजित गर्दै जर्दारी राष्ट्रपति बनेका हुन् ।

पाकिस्तानी निर्वाचन आयोगका अनुसार जर्दारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४११ मत ल्याएर विजयी भएका हुन् । उनले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २५५ मत प्राप्त गरे ।

उनले पूर्वीपञ्जाव प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट आठ, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत र दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त गरे ।

Advertisement

जर्दारीका प्रतिद्वन्द्वी विपक्षी दलका संयुक्त उम्मेदवार महमूद खान अचकजाईले कुल १८१ मत प्राप्त गरे । ६८ वर्षीय जर्दारीले निःवर्तमान राष्ट्रपति आरिफ अल्वीको स्थान लिनेछन् ।