May 5, 2024, Sunday
२०८१ बैशाख २३
1:37:26 pm

नेतन्याहूद्धारा गाजामा प्यालेस्टिनी राज्य स्थापनाका लागि अमेरिकाले गरेको प्रस्ताव अस्वीकार

1.4K

काठमाडौं । इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले गाजामा द्वन्द्व सकिएपछि प्यालेस्टिनी राज्य स्थापनाका लागि अमेरिकाले गरेको प्रस्तावलाई आफूले अस्वीकार गरिदिएको बताएका छन् । उनले एक पत्रकार सम्मेलनमा एउटा प्रश्नको उत्तर दिँदै पूर्ण विजय प्राप्त नगरुन्जेल गाजामा आक्रमण जारी राख्ने बताए ।

बीबीसीले उल्लेख गरेअनुसार उनले गाजामा “अझै धेरै महिना” लडाइँ लम्बिन सक्ने भन्दै हमासको अन्त्य र बाँकी रहेका इजरेली बन्धकहरूलाई फिर्ता नल्याउन्जेल त्यो जारी रहने बताए ।

हमासद्वारा सञ्चालित अस्पतालका अनुसार गाजामा अहिलेसम्म झन्डै २५,००० प्यालेस्टिनीको ज्यान गइसकेको छ भने झन्डै ८५ प्रतिशत जनसङ्ख्या विस्थापित भएको बीबीसीले जनाएको छ ।

Advertisement

गाजामा जारी सैन्य कारबाही रोकेर दिगो रूपमा युद्ध अन्त्य गर्नलागि अर्थपूर्ण वार्ता सुरु गर्ने दबाव इजरेलले खेप्नुपरेको छ ।