काठमाडौं । भारतीय चर्चित गजल गायक पकंज उदासको निधन भएको छ । उदास लामो समयदेखि बिरामी थिए ।
७३ वर्षका उदासको सोमबार बिहान ११ बजेतिर ब्रिच क्यान्डी अस्पतालमा निधन भएको भारतीय संचारमाध्यमहरूले उल्लेख गरेका छन् ।
उदासका ‘चिठ्ठी आयी है'(नाम), ‘ना कजरे की धार'(मोहरा), ‘चाँदी जैसा रंग’, ‘एक तरफ उसका घर’, ‘जिये तो जिये कैसे’, ‘तेरे बिना जिना’ र ‘अहिस्ता’ चर्चित गीतहरू छन् ।
पंकज उदासका श्रीमती फरिदा उदास र छोरीहरू नायाब र रेभा छन्