April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

फिफा विश्वकपको उद्घाटन साँझ ५ बजे, खेल ७ बजे सुरु हुने

2.8K

शारदा भुजेल

दोहा । फुटबलको महाकुम्भ फिफा विश्वकप आजबाट सुरु हुँदैछ। मध्य एसियाली राष्ट्र कतारले पहिलो पटक विश्वकप आयोजना गरेको हो।

६० हजार दर्शक क्षमताको अल खोरस्थितअल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ । उद्घाटन खेलमा आज समूह ‘ए’मा रहेका आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ।

Advertisement

खेल साँझ ७ बजे सुरु हुनेछ भने खेल सुरु भन्दा अघि उद्घाटन कार्यक्रम साँझ 5 बजे सुरु हुनेछ। दर्शकको लागि 3 बजे गेटहरू खुल्नेछ ।

पहिलो पटक विश्वकप आयोजना गरेको कतारले विश्वकपमा डेब्यू गर्दैछ। कतारले विश्वकपका लागि विभिन्न ८ स्टेडियम तयार पारेको छ। यस पटकको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।