April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

फिफा विश्वकपको उद्घाटन खेल इटालीका रेफ्री डेनियल ओरसाटोले खेलाउने

2.4K

शारदा भुजेल

दोहा । आइतबारबाट कतारमा सुरु हुने फुटबलको महाकुम्भ फिफा विश्वकपको उद्घाटन खेल इटालीका रेफ्री डेनियल ओरसाटोले खेलाउने भएका छन् । विश्वकपको उद्घाटन खेलका लागि फिफाले इटालियन रेफ्री ओरसाटोलाई चयन गरेको हो ।

४६ वर्षीय रेफ्री ओरसाटो युरोपियन फुटबलका निकै अनुभवी रेफ्री हुन् । उनलेे सन् २०१० बाट रेफ्री गरिरहेका छन्।

Advertisement

विश्वकपको उद्घाटन खेलमा आयोजक कतार र इक्वेडर भिड्ने छन् । खेल अल खोरस्थितअल बायत स्टेडियममा हुनेछ ।

पहिलो पटक विश्वकप आयोजना गरेको कतारले विश्वकपमा डेब्यू गर्दैछ।