April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

फिफा विश्वकप २०२२: स्टेडियम वरपर मादक पदार्थ बिक्री बितरणमा प्रतिबन्ध लगाउने घोषणा

2.2K

शारदा भुजेल

दोहा । फिफाले कतारमा हुने फिफा विश्वकप २०२२ को स्टेडियम वरपर मादक पदार्थ बिक्री बितरणमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। फिफा मिडिया विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मादक पदार्थ बिक्री बितरणमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो।

विश्वकप सुरु हुनुभन्दा दुई दिन अघि फिफाले यस्तो घोषणा गरेको हो। आयोजक देशका अधिकारीहरू र फिफा बीचको छलफल पछि स्टेडियम वरपर मादक पदार्थ बिक्री बितरणमा प्रतिबन्ध लगाउने घोषणा गरेको फिफाका प्रवक्ताले विज्ञप्तिमा जनाएका छन् ।

Advertisement

फिफाका अध्यक्ष जियानी इन्फान्टिनो, बुडवेइजर र विश्वकप आयोजना गर्ने कतारको सुप्रिम कमिटी फर डिलिभरी एण्ड लिगेसी (एससी) का कार्यकारीहरूबीच लामो समयको वार्तापछि उक्त घोषणा गरेको विज्ञप्तिमा जनाइएको छ ।