April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

इन्डोनेसियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १६२, घाइतेहरु ७ सय बढी

2.6K

ऐजेन्सी । इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सोमबार आएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १६२ पुगेको छ ।

पश्चिमी जाभाका गभर्नर रिदवान कामिलले स्थानीय सञ्चारमाध्यममा १६२ जनाको मृत्यु र ७०० भन्दा बढी घाइते भएको पुष्टि गरेका छन्।

भूकम्प घनाबस्ती भएको क्षेत्रमा भएको हुनाले मृतकको संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरुले बताएका छन् ।
रिक्टर स्केलमा यस भूकम्पको तीव्रता ५ दशमलव ६ मापन गरिएको छ । भूकम्पको केन्द्रबिन्दु राजधानी जकार्ताबाट १०० किलोमिटर टाढा रहेको सियानजुर रहेको थियो ।

Advertisement

ठूलो संख्यामा मानिसहरु अस्पतालमा भर्ना भएका छन् । अस्पतालमा ठाउँको अभाव महसुस भईरहेको छ भने धेरै मानिसहरु बाहिर उपचार गराइरहेका छन् ।

भत्किएका भवनको भग्नावशेषमा अझै धेरै मानिस पुरिएको हुन सक्ने अनुमान गरिएको छ । त्यसैले राति पनि उद्धार कार्य जारी रहेको थियो ।