काठमाडाैं । मुसाहरू विरुद्ध आफ्नो धर्मयुद्धका लागि परिचित न्युयोर्क सिटीका मेयर एरिक एडम्सको ब्रुकलिनमा रहेको घरमा मुसा नियन्त्रण गर्न नसकेपछि जरिवानाको सामना गर्नुपरेको छ ।
मेयरलाई मंगलबार पुनरावेदनका क्रममा सुनुवाइमा बोलाइएको थियो । स्वास्थ्य निरीक्षकले उनको ब्रुकलिनमा रहेको घरमा मुसा नियन्त्रण नगरेको फेला पारेका थिए । आडम्सले प्रारम्भिक समनलाई बेवास्ता गरेपछि ३ सय डलर जरिवाना लगाइएको थियो। उक्त जरिवानाविरुद्ध मेयरले पुनरावेदन गरेका थिए ।
आडम्सले आफू न्युयोर्क सहर र आफ्नै सम्पत्तिमा मुसाको समस्यासँग लड्न कडा मेहनत गरेको बताएका छन् । साथै उनले आफ्नो घरबाट मुसा लगायतका किराहरु हटाउन आफूले सक्दो प्रयास गरेको समेत बताएका छन् ।
आफूले घर र उक्त ब्लकमा मुसा न्यूनीकरण गर्न ६ हजार ८ सय डलर खर्च गरेको समेत आडम्सले बताएका छन् । मुसालाई कम गर्ने राम्रो काम गरेको र यसबारे छिमेकीहरूसँग कुरा गर्ने उनले बताए । मुसाहरू नियन्त्रण गर्न सम्भव भएसम्मको प्रयास गर्ने उनको भनाई छ ।