March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

फिफा विश्वकप-२०२२: आज तीन खेल हुँदै

3.6K

शारदा भुजेल

दोहा । कतारमा जारी फुटबलको महाकुम्भ फिफा विश्वकप-२०२२ अन्तर्गत आज तीन खेल हुनेछन् । समूह ’ए’ अन्तर्गत सोमबार हुने पहिलो खेलमा इंग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । समूह ’बी’ अन्तर्गतको खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै समूह ’बी’ को अर्को खेलमा सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।

विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । उद्घाटन खेलमा आयोजक कतारलाई २–० ले हराएर इक्वेडरले विजयी सुरुआत गरिसकेको छ ।

Advertisement

सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।यस विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना हुने विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।