गणेशमान सिंह सामुदायिक अस्पतालद्वारा जेष्ठ नागरिकहरुलाई निःशूल्क स्वास्थ्य परीक्षण
पाँचथर । जिल्लाको गणेशमान सिंह सामुदायिक अस्पताल पाँचथरले जेष्ठ नागरिकहरुलाई निःशूल्क स्वास्थ्य परीक्षण गरिदिएको छ । सिद्ध पोखरी सेवा सदनद्धारा सञ्चालित फिदिम–२, स्थित जेष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धाहरुको स्वास्थ्य परीक्षण गरिएको हो । आश्रममा रहेका १९ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको अस्पतालका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए । ‘आश्रमका सबै बृद्धबृद्धाको स्वास्थ्य परीक्षण गरिएको...