काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको संयोजनमा जापानमा ‘१ दिने रक्तदान कार्यक्रम–२०२३’ आयोजना हुने भएको छ । एनआरएनए जापान र विभिन्न संघसंस्थाहरुको संयुक्त आयोजनामा बृहत् रक्तदान कार्यक्रम आयोजना हुन लागको हो ।
कार्यक्रम संयोजक एनआरएनए जापानकी उपाध्यक्ष संगीता अधिकारी सुवेदीका अनुसार एनआरएनए क्षेत्रीय समितिसहित जापानमा क्रियाशील ३६ वटा संघ संस्थाको संयुक्त आयोजनामा कार्यक्रम हुन लागको हो ।
यहि अप्रिल १६ का दिन जापानभर आयोजना हुने रक्तदान कार्यक्रमका सहभागिता जनाउन आयोजनकले आग्रह पनि गरेको छ ।