प्लाष्टिकजन्य फोहोरले मानव स्वास्थ्यमा अपरिवर्तनीय क्षति पुर्याउने खतरा बढ्दै गएको छ: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्लाष्टिकजन्य फोहोरले अपरिवर्तनीय क्षति पुर्याउने खतरा बढ्दै गइरहेको बताएका छन् । विश्व वातावरणको अवसरमा शुभकामना दिँदै उनले प्लाष्टिकजन्य फोहोरले मानव स्वास्थ्य र समग्र पारिस्थितिक प्रणालीलाई अपरिवर्तनीय क्षति पु¥याउने खतरा बढ्दै गइरहेको बताएका हुन् । सोमबार शुभकामना दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘प्लास्टिक हाम्रो आधुनिक जीवनको अभिन्न अंग बनिसकेको...