April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

रक्तदानलाई प्रोत्साहन गर्नुपर्छ: माधव नेपाल

1.9K

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रक्तदानलाई प्रोत्साहन गर्नुपर्ने बताए।

एकीकृत समाजवादीको कार्यालय परिसरमा सोमबार युवा संघ नेपाल केन्द्रीय निर्वाचन आयोगको आयोजनामा भएको रक्तदान कार्यक्रममा रक्तदानमा सहभागी युवाहरूलाई प्रमाणपत्र वितरण गर्दै अध्यक्ष नेपालले भने, ‘हामीले गरेको रक्तदानले अरुको जीवन बँच्छ भने हामीले यस्ता सामाजिक कामलाई प्रोत्साहन गर्नुपर्छ ।’

नेपालले आफूसँग भएका कुनै पनि अङ्ग या वस्तु दान गर्दा अरुको हित हुन्छ भने त्यस्ता कुरामा युवाहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

Advertisement

अध्यक्ष नेपालले रक्तदान कार्यक्रमका सहभागी युवाहरू र आयोजक संस्था युवा संघ नेपाल केन्द्रिय निर्वाचन आयोगलाई धन्यवाद समेत दिएका थिए ।

कार्यक्रममा अन्तराष्ट्रिय मैत्री बाल अस्पताल महाराजगञ्जको प्राविधिक सहयोगमा भएको युवा संघ नेपाल केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष तीर्थलाल श्रेष्ठले जानकारी दिए । उनले नेपालले मानव जीवनका लागि रगत अत्यन्तै आवश्यक रहेको भन्दै  बिरामीहरूका  लागि त प्राण वायु नै भएको बताए ।