March 4, 2024, Monday
२०८० फाल्गुन २१
1:37:26 pm

बागमती प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्रीद्वारा धुलिखेलस्थित सामुदायिक अस्पताल निरीक्षण

4.8K

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले काभ्रेको धुलिखेलस्थित देशकै नमूना सामुदायिक अस्पताल निरीक्षण गरेका छन् ।

शुक्रबार निरीक्षणको क्रममा अस्पताल पुगेका मन्त्रीद्वयसँग २५ वर्ष अघि शून्य अवस्थाबाट सुरु गरेको अस्पताल आज देशकै नमूना अस्पताल बनाउन सफल भएको कुरा अस्पतालका संस्थापक डा. रामकण्ठ श्रेष्ठले बताएका थिए । डा. श्रेष्ठले अस्पतालमा एअर एम्बुलेन्स सेवासमेत चाँडै सञ्चालनमा ल्याउने तयारी भैरहेको बताए । उनले प्रत्येक दिन यस अस्पतालले कम्तिमा १७०० भन्दा बढी बिरामीलाई सेवा दिँदै आइरहेको जानकारी पनि दिए ।

डा. श्रेष्ठले यस सामुदायिक अस्पताललाई मेडिकल युनिभर्सिटी बनाउन प्रदेश सरकारसँग अनुरोध गरेका छन् । सरकारको तर्फबाट नीतिगत निर्णय गर्न शीघ्र प्रयत्न गर्ने प्रतिबद्धता मुख्यमन्त्री जम्कट्टेल र आन्तरिक मामिला तथा कानुनमन्त्री श्रेष्ठले गरेका छन् ।

Advertisement

अस्पताल निरीक्षणमा बागमती प्रदेश सदस्य इन्द्र बानियाँ र बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री निमा लामा पनि थिए ।