April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

भारतमा उपचाररत काँग्रेसका नेता चन्द्रकान्त भण्डारी आज नेपाल फर्किदै

1.4K

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी आज  स्वदेश फर्कने भएका छन्।भारतमा उपचाररत रहेका भण्डारी २:५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फद स्वदेश फर्किन लागेका हुन् ।

भण्डारी गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका थिए । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी आज फर्किन लागेका हुन् । उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन्। 

पछिल्लो समय नेता भण्डारीको स्वास्थ्यमा सुधार आएको छ। उनी बोल्ने र हिँड्ने गर्न थालेका छन्।नेपाल फर्केसँगै भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानेछन्। 

Advertisement

आगलागीमा परी नेता भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। उनकी आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । 

नेता भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो।