April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मन्त्री सिंहको टाउकोमा गम्भीर चोट, पत्नी अमृता र बुहारीको घटना स्थलमै मृत्यु

1.9K

काठमाडौं । सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको टाउकोमा गम्भीर चोट देखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको नाकबाट अत्यधिक रक्तश्राव भएको छ ।

त्यस्तै, उनमा अक्सिजनको मात्रा, नाडीको चाल कम रहेको र मुटुको चाल भने अधिक रहेको बताइएको छ । उनलाई थप उपचारको लागि नेपालगन्ज लगिएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार मन्त्रीकी उनीकी पत्नी अमृता सिंह (६४) र बुहारी नाता पर्ने जयादेवी सिंह (६०) को घटना स्थलमै मृत्यु भएको हो ।

Advertisement

गाडी चालक धर्मराज जोशी, मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवलदार दीपक भण्डारीको अवस्था पनि गम्भीर रहेको छ । उनीहरूलाई पनि मन्त्रीसँग हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको हो ।

मंगलबार मन्त्री सवार सु.प.प्र.०१००१ झ ४८० नं.को गाडी डडेलधुराबाट बझाङको लागि हिँडेको थियो । उक्त गाडी केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ ।