April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आचार्य बालकृष्णले ग्लास्गोमा योग शिविर संचालन गर्ने

2.1K

लन्डन । पतंजली योग पीठ ट्रष्टका महासचिव आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले नवौं विश्व योग दिवसको अवसरमा यही २६ जुन (सोमबार) स्कटल्याण्डको ग्लास्गो शहरमा योग शिविर संचालन गर्ने भएका छन् । पतंजली योगपीठका अनुसार ग्लास्गोस्थित इमिरेट्स एरेनामा अपरान्ह ५ः३० बजे देखि ७ः३० बजेसम्म योग शिविर संचालन गरिने छ ।

कार्यक्रममा प्रवेश निशुल्क रहेको छ र शुरुमै आउने केही सहभागीहरुलाई निशुल्क टीशर्ट वितरण गरिने पनि आयोजकले जनाएका छन्।

योगऋषि स्वामी रामदेवका अभिन्न मित्र तथा विश्वचर्चित उद्यमी आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराज स्वयम्ले संचालन गर्नु हुने यो शिविरमा सहभागी भै लाभान्वित हुन हामी सबै मित्रहरुलाई हार्दिक आमन्त्रण गर्दछौ,“ पतंजली योग पीठ ट्रष्टकी ट्रष्टी सुनिता पोद्दारले भनिन्। उनले आजको बालबालिका तथा किशोर किशोरीलाई पनि साथै लिएर आउन सबै मित्रहरुलाई आग्रह गरिन् ।

Advertisement

आचार्य श्री बालकृष्णले यही २२ जुनमा लन्डनको ह्यारो तथा २४ जुनमा नटिंगघममा योग शिविरहरु संचालन गर्नुहुने आयोजकले जनाएका छन् ।