April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

दुर्घटनामा परेका सुदूरपश्चिमका मन्त्रीसहित ४ जनाको अवस्था गम्भीर, नेपालगन्ज रेफर गर्ने तयारी

2.2K

काठमाडौं । सवारी दुर्घटनामा परेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसहित ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइते चारै जनालाई हेलिकप्टर मार्फत नेपालगन्ज रेफरको तयारी भइरहेको छ ।

प्रहरीका अनुसार मन्त्री जयपृथ्वी बहादुर सिंह, उनीकी पत्नी अमृता सिंह (६४), बुहारी नाता पर्ने जयादेवी सिंह (६०), अंगरक्षक दिपक भण्डारी अचेत अवस्थामा रहेका छन् ।

कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङमा दुर्घटनामा परेको हो । डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ ।

Advertisement