April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहाल नर्भिक अस्पतालमा भर्ना

1.5K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल नर्भिक अस्पतालमा भर्ना भएकी छन्। उनलाई थप उपचारको लागि सोमबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड पनि अस्पतालमा पुगेका छन्। 

पछिल्लो समय सीताको शारीरिक अवस्था कमजोर बन्दै गएको छ । उनी साहराबिना हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी छिन्। निको नहुने यो रोगले उनलाई थप सताउन थालेको हो।

Advertisement

पिएसपी दुर्लभ किसिमको रोग हो। यो रोग एक लाख मानिसमध्ये ५-६ जनामा मात्र देखिन्छ। के कारणले यो रोग लाग्छ भन्ने अहिलेसम्म पत्ता लागेको छैन।