हिंसापीडितको साहसका लागि सम्मान र सहयोग
सप्तरी – हिंसापीडितहरूको साहस र हिम्मतको सम्मानमा सोमबार राजविराजमा दुई पीडित महिलालाई सम्मान गरिएको छ । असहज परिस्थितिको सामना गर्दै न्यायका लागि देखाएको आँट, साहस र हिम्मतका लागि डाक्नेश्वरी नगरपालिका–७ ललितपुरकी रधियादेवी मण्डल र राजविराज नगरपालिका–२ की विजयादेवी यादवलाई सम्मान गरिएको हो । उहाँहरूलाई जनही रु पाँच हजार प्रदान गरिएको छ । मुस्किल परिस्थितिमा पनि...