April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्यो

5.4K

काठमाडौं-बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ। बुधबार छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबारका लागि ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। बुधबारको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।

बिहीबारका लागि चाँदी प्रतितोला १२ सय रुपैयाँ तोकिएकोमा बुधबार १२ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement