April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

2.2K

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा पेट्रोलमा एक रुपैयाँ मूल्य बढाएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले डिसेम्बर १ मा पठाएको मूल्यसूचीको आधारमा स्वचालित मूल्यअनुसार स्थानीय बजारमा पनि मूल्य बढाइएको निगमले जनाएको छ ।

Advertisement

नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल १०९ रुपैयाँ पुगेको छ । डिजेल र मटीतेल ९१ रुपैयाँ पुगेको छ ।

वृद्धि गरेको मूल्य शनिबार रातिदेखि नै लागू भएको छ ।  हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।