April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्यो

2.3K

काठमाडौं-बुधबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ। मंगलबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएकोमा बुधबारका लागि ९३ हजार ४ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य समेत घटेको छ। बुधबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय १५ रुपैयाँ तोकिएको छ।

मंगलबार चाँदी १२ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। बुधबार चाँदी प्रतितोला २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement