कोरोना परीक्षणमा निजी ल्याबको लापरवाहीका कारण नेपाल एयरलाइन्सले करोडौं गुमाउँदै
काठमाडौं-कोरोना परीक्षणमा निजी ल्याबहरुको रिपोर्टको विश्वसनीयतामाथि प्रश्न उठन थालेको छ। निजी ल्याबहरुको लापरवाहीकै कारण नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो व्यापार गुमाउनु परेको छ। ल्याबहरुले नेगेटिभ रिपोर्ट दिए पनि विदेशमा गएर परीक्षण गर्दा पोजेटिभ आइरहेको छ। जसको प्रत्यक्ष असर नेपाल एयरलाइन्सले भोग्दै आएको छ। नेपाल एयरलाइन्सले सरकारबाट मान्यता प्राप्त सबै ल्याबहरुको रिपोर्टलाई मान्यता दिने गरेको...