July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

सुस्तायो सेयर बजार

काठमाडौं-  सेयरको दोस्रो बजार विस्तारै सुस्ताउन थालेको छ। विगत तीन सातायता आक्रामक रुपमा सुधार भइरहेको सेयर बजारमा यस साता भने सुस्ताएको हो। बजार सुधार हुने क्रममा ९ अर्बभन्दा बढीको कारोबारसहित नयाँ रेकर्ड बनेको थियो।

सुधारिएको सेयर बजारबाट नाफा बुक गर्ने क्रम बढेको हो। विगत दुई तीन महिना अगाडि सेयर खरिद गरेलकाले तत्कालीन अवस्थामा बिक्री गर्दा पनि उच्च प्रतिफल हुने भएकाले बिक्री चाप बढिरहेको छ। बैंकिङ ब्याजदर धेरै नै तल झरेको र बैंकहरुले सजिलै सेयर कर्जा दिने भएकाले दोस्रो बजारमा उछाल आइरहेको थियो।

एक साता अगाडि नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासिक अवधिको मौद्रिक समीक्षा गर्ने क्रममा बैंकिङ कर्जा घरजग्गा तथा सेयर बजारमा अत्यधिक गइरहेको र यसलाई नियन्त्रण गर्ने जनाएको थियो। 

Advertisement