April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

राष्ट्रिय वाणिज्य बैंक र बेलबारी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य

2.6K

काठमाडौं–राष्ट्रिय वाणिज्य बैंक र मोरङको बेलबारी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले हस्ताक्षर गरेका हुन्। 

सम्झौतापछि नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तर्गत उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समूहलाई परामर्श तथा उद्यमशीलतासम्बन्धी तालिम व्यवस्थापन गर्ने र उद्यमीहरुको ५–५ जनाको समूह बनाई सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाका लागि बैंकको शाखामा सिफारिस गर्ने छ।

नगरपालिकाले सिफारिश गरेका उद्यमीहरुलाई बैंकले नियमअनुसार प्रत्येक समूहलाई अधिकतम पाँच लाख रुपैंयासम्म सहुलियतपूर्ण कर्जा अन्तर्गत लगानी गर्ने छ। 

Advertisement

सम्झौता कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले आफ्नो कूल कर्जाको एक प्रतिशत बराबर रकम सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई उत्पादनसँग जोड्न सघाउ पु¥याउने बताउँदै कर्जा तिर्नुनपर्ने भन्ने मानसिकता कसैले राख्न नहुने बताए। नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले यस्ता कर्जाले नगरबासीको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षकै आधारभूत रुपमा विकास गर्न  सघाउ पुग्ने बताए। उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी विभिन्न संघ सस्थाहरुसँग सम्झौता गरी सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको बताए।