तराई–मधेश फास्टट्रयाक: साढे १६ अर्ब खर्च हुदाँ प्रगति भने, १६ प्रतिशत मात्र !
काठमाडौं-राजधानीलाई तराई–मधेशसँग जोड्ने द्रुत मार्ग (फास्टट्रयाक) मा हालसम्म १६ अर्ब ६६ करोड रुपैयाँ खर्च भइसकेको छ। राष्ट्रिय गौरवको यो आयोजनामा प्रगति भने १६ प्रतिशतमात्र छ। द्रुतमार्गको निर्माण कार्य विभिन्न कारणले ढिला भएको भन्दै सेनाले हाल भने कामले गति लिएको र निर्धारित समयसीमाभित्रै निर्माण सकिने दाबी गरेको छ। एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण भइरहेको...