July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

पुनः सुधारिन थाल्यो सेयर बजार

काठमाडौं- दोस्रो बजारमा केही दिनको करेक्सनपछि पुनः सुधारको संकेत देखिएको छ। साताको पहिलो दिन नेप्से सूचक ४६ दशमलव ४३ अंकले बढेको छ। लगानीकर्ताको मनोविज्ञान उच्च हुँदा नेप्से सूचकमा सुधार आएको हो।

आइतबारको सुधारमा वाणिज्य बैंकहरुले साथ दिए पनि अधिकतम बढ्नेमा थोरै सेयर पुँजी भएका कम्पनी छन्। शिवम् सिमेन्ट, हिमालयन डिस्ट्रलरीजस्ता कम्पनीको मूल्यमा पुनः उछाल आएको छ। विगत एक साता उच्च अंकले तल झरेको भन्दै लगानीकर्ताको आकर्षण ती कम्पनीहरुमा परेको हो।

केही वाणिज्य बैंकको सेयरमा पनि अधिक सुधार भइरहेको छ। नबिल बैंक, एनआईसी एसिया, प्रभु बैंकहरूको मूल्य बढिरहेको छ। बिहीबारको सुधारपछि नेप्से सूचक २०१० दशमलव ४५ अंकमा रोकिएको छ। सूचकमा सुधार देखिए पनि कारोबार रकम भने ४ अर्ब ८९ करोड रुपैयाँको भएको छ।

Advertisement

एक साता अगाडि बजार सुधार हुने क्रममा दैनिक औषत कारोबार ८ अर्ब रुपैयाँभन्दा माथि थियो। बजार हरियो देखिने बित्तिकै सेयर किन्न दौडिने रातो देखिने वित्तीकै बिक्री गरेर बाहिरिने अस्थिर मनोविज्ञानका कारण साना तथा सोझा लगानीकर्ता फस्ने गरेका छन्।